Logo
Logo

तमिलनाडुमा पानी माग्दै रजनीकान्त


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ५ फागुन । बलिउड अभिनेता हुँदै राजनेता बनेका रजनीकान्तले भारतमा हुन गइरहेको लोकसभा चुनावमा आफ्नो पार्टी नलड्ने बताएका छन् । उनले २०१९ मा हुने लोकसभा चुनावमा आफू पनि नलड्ने र अरु कुनै पार्टीलाई पनि आफ्नो फोटो दुरुपयोग गर्न नदिने बताएका छन् ।
यी अभिनेताले भारतीय मिडियासँग कुरा गर्दै लोकसभा चुनावनमा आफ्नो फोटो र पार्टीका प्रतीक चिह्न कसैलाई प्रचारमा प्रयोग गर्न नदिने बताएकी हुन् । रजनीकान्तले गएको ३१ डिसेम्बर २०१७ मा राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका थिए ।
भारतीय न्युज एजेन्सी एएनआईका अनुसार रजनीकान्तले भने, ‘मेरो पार्टीले आगामी संसदीय चुनावमा कुनै पनि दललाई समर्थन गर्दैन ।’ उनले आफ्नो फैन क्लबको नाममा झण्डा र तस्बिर प्रयोगमा प्रतिबन्ध गरेको बताए ।
कुराकानीका क्रममा रजनीकान्तले तमिलनाडुको मुख्य समस्या पानी भएको भन्दै आगामी चुनावमा जो तमिलनाडुको पानीको समस्या हल गर्न आउँछ, उसलाई केन्द्रिय सरकारमा समर्थन गर्ने बताए । उनले भने, ‘यहाँ हामीलाई पानी चाहिएको छ । जसले पानीको नारा बोकेर आउँछ, उसलाई भोट दिइने छ ।’

प्रतिक्रिया दिनुहोस्