Logo
Logo

छुल्ठिम र सैलेन्द्रलाई ‘धन्यवाद’ (भिडियो)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, फागुन । हङकङ बस्दै आएका गायक विनोद मेखुको नयाँ गीत ‘धन्यवाद’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा छुल्ठिम गुरुङ, शैलेन्द्र थेबे र डेनियल फिचर्ड छन् ।
गीतमा एउटा सुखी परिवारको कथा देखाइएको छ । भिडियोमा छुल्ठिम आमा बनेकी छन् । परिवारमा सन्तानको आगमन भएपछि आमाबाबुको खुशीलाई भिडियोमा प्रस्तुत गरिएको छ ।
गीतमा अनुशिल श्रेष्ठको शब्द, कल्याण सिंहको संगीत, गोपाल रसाइलीको एरेन्ज र मिना विष्टको मिक्सिङ तथा मास्टरिङ छ । सोनाम पाख्रिनले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ । भिडियो ओएसआरको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

https://www.youtube.com/watch?v=0nzc-RZ1s_Y

प्रतिक्रिया दिनुहोस्