Logo
Logo

साउदी युवराजको पाकिस्तानमा भब्य स्वागत


- दृष्टि न्युज/संवाददाता


इश्लामावाद, ६ फागुन (एएफपी) । वैदेशिक मुद्रा सञ्चय गुमाउँदै गएको, आर्थिक घाटा बेहोरिरहेको र आफ्नो वित्तिय भविष्य सुरक्षित गर्न संघर्ष गरिरहेको पाकिस्तानले साउदी अरेबियाका शासक युवराज मोहम्मद बिन सलमानलाई भब्य स्वागत गरेको छ ।
एमबीएस भनेर चिनिने मोहम्मद बिन सलमानले आफ्नो पाकिस्तान भ्रमणको शिलशिलामा वर्तमान् इमरान खान सरकारलाई अर्बौं डलरको सहयोगको प्रतिवद्धता जनाउने अनुमान गरिएको छ । आइतबार यहाँ आएका उनले एसियाका पाँच देशको भ्रमणमध्ये पाकिस्तान पहिलो गन्तव्य ठानिएको थियो तर मलेशिया र इण्डोनेशियाको भ्रमण अहिलेका लागि पछि धकेलिएको छ ।
साउदी शाही भ्रमणलाई पाकिस्तानमा पछिल्लोपटक यति नै धुमधामसँग सन् २००६ मा लिइएको थियो जब साउदी शासक राजा अब्दुल्लाह बिन अब्दुलाजिजले परमाणु अस्त्र देशको भ्रमण गरेका थिए । इमरान खानले व्यक्तिगत रुपमै व्यवस्थापनको ख्याल गरिरहेको बताइएको छ ।
भारतले कश्मिरमा सुरक्षा फौजमाथिको घातक हमलामा पाकिस्तानलाई दोष लगाएपछि भारत र पाकिस्तानबीच तनाव चुलिएका बेला युवराज बिन सलमानको भ्रमण हुन लागेको हो । यसले पाकिस्तानमाथि आतङ्कवादको आरोप लागेका समय ठूलो सहयोगको महशुुुस भएको छ । १ हजार शक्तिशाली प्रतिनिधिका लागि इस्लामावादमा सयौं पाँचतारे कोठाहरू अग्रिम रुपमै बुक गरिएका थिए ।
दुई दिने भ्रमणमा साउदी युवराज प्रधानमन्त्रीको निवासमा बस्नुहुनेछ । यसरी प्रधानमन्त्री निवासमै यसअघि कुनै पनि अन्य देशका अतिथिलाई राखिएको थिएन । केन्द्रिय बैंकसँग विदेशी मुद्रा सञ्चय अन्तर्गत जम्मा ८ अर्ब डलर मात्रै रहेको छ र भुक्तानी सन्तुलन संकटको सामना गरिरहेको छ ।
गत अगष्टमा शपथ लिएयता पूर्व क्रिकेटर इमरान खानले मित्र राष्ट्रहरूसँग सहयोगका लागि आक्रामक प्रयासहरू गरिरहेका छन् ताकि पाकिस्तानको अर्थतन्त्रलाई जोगाउन सकियोस् । उनले अन्तर्रा्ष्ट्रिय मुद्रा कोषसँग निकै कडा सर्तसहित सहायता खोजिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्