Logo
Logo

आलागीमा पारी एक जनाको मृत्यु, नौ लाख बराबरको धनमाल नष्ट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । काठमाडौं, तेह्रथुम र अर्घाखाँचीमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ९ लाख ४३ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ भने तेह्रथुममा आगलगीमा परी १ जनको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–१६ बालाजु गंगाहलस्थित सडकमा नुवाकोट ककनी गाउँपलिका–४ का २५ वर्षीय सुनबहादुर तामाङको बा.९९प ४४३ नम्बरको मोटरसाइकलमा गए राति आगलागी हुँदा मोटरसाइकलको अगाडीको भाग, सिट कभर र साइडको भाग जलेर नष्ट भएको छ ।
त्यसैगरी तेह्रथुमको आठराई गाउँपालिका–३ ह्वाकु बस्ने रुद्रलाल खातीको घरमा हिजो दिउँसो आगलागी हुँदा सोही आगलागीमा परी रुद्रलालको ६ वर्षीय छोरा मौसम खातीको मृत्यु भएको छ । घर नजिकै रहेको गोठमा राखेको परालमा आगलागी भई उक्त आगो घरमा समेत फैलिएको हो । आगलागीबाट घर र गोठ जलेर करिब ६ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यस्तै अर्घाखाँचीको छत्रदेब गाउँपलिका–६ धैरेनीका भीमबहादुर सेनको २ तले गोठमा हिजो बेलुका आगलागी हुँदा करिब २ लाख ६३ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । यी घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्