Logo
Logo

नेविसंघ तदर्थ समितिमा ३२ वर्षे उमेरहदको माग


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ६ फागुन । नेपाल विद्यार्थी संघले पार्टीले निर्माण गर्न लागेको तदर्थ समितिमा ३२ वर्षे उमेरहद लगाउन माग गरेको छ । विगठित नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले सोमबार पत्रकार सम्मेलन गरी विधानमा उल्लेख भएअनुसार तदर्थ समितिमा ३२ वर्ष उमेर हद लगाउन माग गरेका हुन् ।
‘विधानलाई बाहिर राखेर तदर्थ समिति निर्माण भए आफूहरुलाई स्वीकार्य हुँदैन,’ उनले भने । तदर्थ समितिले ६ महीनाभित्रै महाधिवेशन गर्नुपर्ने उनको भनाइ थियो । कार्यसमिति निर्वाचन गर्न सक्षम हुँदाहुँदै पनि पार्टीले विघटन गरेको आरोप उपाध्यक्ष रहनुभएका रामप्रसाद अधिकारीको थियो । विस २०७३ भदौ ४ गते सम्पन्न महाधिवेशनबाट निर्वा्चित कार्यसमितिले दुई वर्ष पाँच महीना काम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्