Logo
Logo

कल्पनासँग फूलेन्देको बाउको रोमान्स ! (भिडियो)


दृष्टि संवाददाता


 

काठमाडौं, ९ फागुन । हङकङलाई कर्मथलो बनाउँदै आएका कलाकार मौसम इम्बुङ ‘फुःलेन्देको बाउ’ र कल्पना नेम्बाङ अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायिका सीता सिंगक र लक्ष्मण हुक्पा चोङबाङको स्वर रहेको लिम्बू भाषाको ‘किधी काप्सा’ अर्थात ‘मलसाप्रो’ बोलको गीतको भिडियोमा मौसम र कल्पनाले अनस्क्रिन रोमान्स गरेका छन् ।
हङकङको विभिन्न रमणीय स्थानहरुमा छायाँकन गरिएको यो भिडियो हालै यु–ट्युबमार्फत सार्वजनिक गरिएको हो । ‘फुःलेन्देको बाउ’ उपनामले चर्चित हास्य कलाकार मौसम र कल्पनाको जाडी दमदार देखिएको छ ।
यस लिम्बू भाषाको गीतलाई कलाकार यासेली योङहाङले लेखेका हुन् । देवेन चेम्जोङको संगीत रहेको यस गीतमा संगीत संयोजन अशोक लोहरुङ राईको रहेको छ । बोधराज ओख्राबोले निर्माण गरेको यस गीतको भिडियोमा युगल पोमूको कोरियोग्राफी तथा निर्देशन रहेको छ । भिडियोमा देवमान तुम्बाहाम्फेको छायाँकन र सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्