Logo
Logo

चार महिनासम्म मन्त्री खाली


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार मन्त्री ४ महिनादेखि रिक्त छ । मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई गएको कात्तिक १६ मा बर्खास्त गरेपछि पदरिक्त छ । उक्त पदमा मुख्यमन्त्री पौडेल तत्काल कसैलाई नियुक्त गर्ने पक्षमा छैनन् ।

प्रदेश नम्बर ३

प्रदेश राजधानी हेटौंडाबाट सार्ने पक्षमा लागेका सांसदहरुमा विभाजन ल्याउनका लागि उक्त मन्त्री पद दिने योजनामा पौडेल छन् । स्रोतका अनुसार उनी मन्त्रीको संख्या बढाउनेदेखि संसदीय समितिहरु थप्ने चक्करमा छन् । मन्त्रालय र समिति थपेर मन्त्री र सभापति दिएर भए पनि प्रदेश राजधानी सार्ने सांसदहरुमा विभाजन गराउने उनको रणनीति छ । प्रदेश राजधानी हेटौंडा अपायक भएकाले काभ्रे वा हेटौंडा सार्ने पक्षमा सांसदहरुले आवाज उठाउादैआएका छन् । तर मुख्यमन्त्री पौडेल कुनै हालतमा प्रदेश राजधानी हेटौंडाबाट सार्न नदिने पक्षमा छन् । त्यसकै लागि उनले भौतिक पूर्वाधार मन्त्री ४ महिनासम्म नियुक्त नगरेका हुन् । भौतिक पूर्वाधार मन्त्रीका लागि केशव पाण्डे, रामेश्वर फुयााल, वसन्त मानन्धरसम्मको नाम चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस्