Logo
Logo

प्रधानमन्त्री ओलीले राजीनामा नदिने, संसद ‘फेस’ गर्ने रणनीति


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने बरु संसद फेस गर्ने तयारी गरेका छन् । सर्वोच्च अदालतले तोकेकै समयभित्र प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्ने तयारीमा प्रधानमन्त्री रहेको उनी निकट एक नेताले जानकारी दिए ।

अहिले नै राजीनामा दिनुपर्ने कारण नभएको भन्दै ति नेताले भने, ‘प्रधानमन्त्रीले संसद फेस गर्नुहुन्छ । अविश्वासकै प्रस्ताव अघि बढेपनि सामना गरेरै जाने तयारी छ ।’

आवश्यक रणनीति बनाउन प्रधानमन्त्री ओलीले आफू निकटका स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएका छन् । यतिवेला प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिनुपर्ने चौतर्फी दबाब बढेको छ ।

ओली समूहका नेताहरुले अहिलेसम्म नेकपा कानूनीरुपमा विभाजन भइनसकेकाले अविश्वासको प्रस्ताव अघि बढ्नु पहिले संसदीय दलको नेता फेर्ने प्रक्रियाबाटै जानुपर्ने तर्क गर्न थालेका छन् ।

निर्वाचन आयोगले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा महासचिव विष्णु पौडेल मात्र चिन्ने भएकाले नेकपा एउटै भएको ओली निकट नेताहरुको तर्क आउन थालेको छ ।

माधवकुमार नेपाल अध्यक्ष भन्ने कुरा आयोगले नचिन्ने ओली निकट नेताहरुले बताउँन थालेका छन् । यही आधारमा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नदिंदा सरकारको आयु लम्बिने छ ।

प्रतिक्रिया दिनुहोस्