Logo
Logo

प्रतिनिधिसभा पुनर्स्थापना लगतै प्रधानमन्त्रीले शेरबहादुर देउवालाई गरे फोन


दृष्टि संवाददाता


काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको निकटता बढाउन खोजेका छन् ।

ओलीले पुनर्स्थापनाको निर्णय आउने वित्तिकै वालुवाटारबाट कांग्रेस सभापति देउवालाई फोन गरेको बुढानिकण्ठ स्रोतले बताएको छ ।बुढानिलकण्ठ स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफ्नो सरकार जोगाउनका लागि साथ खोजेको बुझिएको छ । बढी मन्त्रालय कांग्रेसलाई दिनपनि तयार भएको प्रधानमन्त्री ओलीले सभापति देउवालाई फोनमा बताएको स्रोतको भनाइ छ ।

तर, देउवा भने आफू प्रधानमन्त्री बन्ने अवस्थामा मात्र साथ दिन सकिने बताउँदै आएका छन् । त्यसका लागि निश्चित समय बाँडफाँट गर्ने विकल्पमा पनि दुई नेताबीच कुराकानी भएको स्रोतको भनाइ छ ।

अहिले कांग्रेस सभापति देउवा र नेकपा प्रचण्ड–माधव समूहसँग पनि अनौपचारिक कुराकानीमा रहेको स्रोतको भनाइ छ । दुबै पक्षसँग वार्गेनिङमा रहेका देउवाले पार्टीमा भने कुनै किसिमको छलफल गरेका छैनन् । कांग्रेसमा ओलीलाई साथ नदिने भन्ने पक्ष बलियो छ ।

प्रतिक्रिया दिनुहोस्