Logo
Logo

प्रचण्डले थाले छलफल: शेरबहादुर देउवासँग टेलिफोन वार्ता, ओलीसँग पनि छलफल गर्ने


दृष्टि संवाददाता


काठमाडौं । राजनीतिक निकासका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलहरुसँगको छलफल अघि बढाउने बताएका छन् । चितवनबाट काठमाडौं फर्किए लगतै सबै राजनीतिक दलका नेताहरुसँग छलफल चलाउने प्रचण्डको तयारी रहेको छ ।

यसैबीच आज विहान अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग फोन वार्ता गरेका छन् । फोन वार्तामा प्रतिनिधिसभा पुनस्र्थापनाको खुसीमा बधाइ साटासाट भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।

दुई नेताबीच भएको कुराकानी अबको राजनीतिक निकास निकाल्ने विषयमा केन्द्रित रहेको बताइएको छ । यस्तै अध्यक्ष ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल गर्ने बताएका छन् ।

पार्टी एकताबारे भने छलफल नहुने प्रचण्डको भनाइ रहँदै आएको छ । राजनीतिक निकासका लागि ओलीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने प्रचण्ड समूहले सुझाव दिंदै आएको छ । आजै जनता समाजवादीका नेताहरुसँग पनि छलफलको तयारीमा अध्यक्ष प्रचण्ड रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्