Logo
Logo

पशुपतिमा जलहरी राखेकै दिन सर्वोच्चको नराख्न आदेश


दृष्टि संवाददाता


काठमाडौं । सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा जलहरी राखेकै दिन सरकारका नाममा सुनको जलहरी नराख्न अन्तरकालिन अन्तरिम आदेश जारी गरेको छ ।
बुधबार पौने १२ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट पशुपतिनाथ मन्दिरमा जलहरी राखिसकिएको छ । पशुपतिमा जलहरी राख्न गत शनिबारदेखि नै क्षमा पुजा हुँदै आएको थियो ।
प्रदेशसभा सांसद नरोत्तम वैद्य र अधिवक्ता नितीका ढुंगानाले दायर गरेको छुट्टाछुट्टै रिटमाथि सुनुवाई गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले तत्काल पशुपतिनाथ मन्दिरमा जलहरी लगाउने कार्य नगर्नु भनी अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो ।
यस विषयमा अन्तरिम आदेश दिने या नदिने विषयमा छलफल गर्न दुवै रिट निवेदक र सरकार दुबै पक्षलाई फागुन १७ गते छलफलमा बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्