Logo
Logo

ओलीको टिप्पणी : मेरा केही भाइहरूले लड्‌डु खाएछन्, मुख मिठ्याएर के पाउँछन् हेर्नुछ


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् । बुधबार सार्वजनिक कार्यक्रममा सहभागी प्रधानमन्त्री ओलीले फैसला सामान्य रहेको बताएका हुन् ।

‘हिजो अदालतको फैसला आएपछि मेरा केही भाइहरुले लड्डु ख्वाइख्वाइ गरे। के जितेको हो थाहा छैन । लड्डु खाएर, मुख मिठ्याएर के पाउँछन् त्यो चाहिँ मैले हेर्नुछु, मेरो विचारमा भोलि पर्सिदेखि फेरि राजीनामा माग्नु हुन्छ कि जस्तो लाग्छ। राजीनामा देऊ राजीनामा देऊ भनेर, त्यतापट्टि चिन्ता गर्नु पर्दैन,’ उनले भने, ‘के जिते मलाई थाहा छैन, के पाउँछन् अब हेर्नुछ । मेरो विचारमा भोलि पर्सिदेखि राजीनामा माग्नुहुन्छ कि जस्तो लाग्छ ।’

‘जिन्दगीको केही ठेगान छैन, जबसम्म मान्छे छ, तबसम्म राम्रो काम गर्ने हो। मेरो देश विकासको संकल्पमा कुनै फरक पर्दैन। स्वार्थबाट लपेटिएका मान्छेहरुमा यस्ता कुराबाट धेरै असर पर्छ’, आज काठमाडौंमा आयोजितक एक कार्यक्रममा ओलीले भने।

 

प्रतिक्रिया दिनुहोस्