Logo
Logo

काली र अस्मिताको ‘मैना’ (भिडियो)


दृष्टि संवाददाता


काठमाडौं । गायक कालीप्रसाद बासकोटा र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको ‘मैना’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा कालीकै शब्द र संगीत छ ।
भिडियोमा विज्ञान र गरिमा शर्मा फिचर्ड छन् । डान्सिङ फ्लेभरको गीतमा विज्ञान र गरिमाको जोडी सुहाउदिलो देखिएको छ ।
भिडियोमा शंकल भुजेलको डीओपी, कृष्ण भण्डारी एण्ड ग्लेज इन्टरटेनमेन्टको रंग संयोजन र सम्पादन तथा सुरेश पाण्डेको कोरियोग्राफी छ ।
रुपा लामा, माया लामा र विज्ञानको लगानी रहेको भिडियोमा वसन्त अधिकारीको निर्देशन छ । भिडियोमा आयुष पोखरेलको सह–निर्देशन तथा रुपा लामा र माया लामाको वार्डरब छ ।

प्रतिक्रिया दिनुहोस्