Logo
Logo

सर्वोच्चको फैसलाले राजनीतिक अस्थिरता निम्तियो : मन्त्री भट्ट


दृष्टि संवाददाता


मकवानपुर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेर देशमा राजनीतिक अस्थिरता पैदा गरिदिएको बताएका छन् ।

शुक्रबार हेटौंडा–१४ स्थित मयुरधापमा औद्योगिक क्षेत्रको उद्घाटन गर्दै मन्त्री भट्टले अदालतको निर्णय स्वीकार्य भएपनि देशमा राजनीतिक अस्थिरता निम्ताएको बताएका हुन् ।

उनले आफ्नो पार्टीभित्रै षड्यन्त्र र प्रतिपक्षी जन्मिएपछि बाध्य भएर जनतामा जाने निर्णय सरकारले गरेको गरेको दाबी गरे । ‘पार्टीभित्र ध्वंस गर्ने र आगो लगाउने काम भयो । जसको कारणले गर्दा स्थिर सरकार हुने अवस्था रहेन । सरकारको काम अस्तव्यस्त बन्यो । त्यसकारण बाध्य भएर प्रतिनिधिसभा भंग गरिएको हो ।’, मन्त्री भट्टले स्थिर सरकार अहिलेको आवश्यकता रहेको बताए ।

सर्वोच्च अदालतको फैसला मान्ने र तोकिएको समयमा सदन सरकारले आव्हान गर्ने बताए । ‘सर्वोच्चले हाम्रो पक्षमा फैसला ग¥यो भनेर लड्डु बाँड्नु पर्दैन । हामी पुस ४ को अवस्थामा पुगेका मात्र हौं । अब सदनभित्रै हामी लड्ने छौं ।’, उनले अब सांसद र राजनीतिक दलहरु लोभमा विभाजन हुन सक्ने अनुमान गरे ।

प्रतिक्रिया दिनुहोस्