Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : फागुन २३ मा प्रतिनिधिसभा बैठकदेखि चलखेलका आधारमा ३६ जिल्लाका सिडिओको सरुवासम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको निर्णयसँगै पहिलो बैठक फागुन २३ गते बस्ने, १३ दिनभित्र बैठक बोलाउन सर्वोच्चले गरेको आदेश अनुसार बैठक फागुन २३ मा बोलाउन मन्त्रिपरिषदद्वारा राष्ट्रपतिलाई सिफारिस ।

२. प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नेकपा संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङ हटाइए, नयाँ प्रमुख सचेतकमा बिशाल भट्टराईलाई नियुक्त, ओली अझै प्रचण्ड–माधव नेपाल समूहलाई पेलेर जाने रणनीतिमा रहेको आंकलन ।

३. ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय मातहतका ५२ सहसचिव र उपसचिवको एकै पटक सरुवा, चलखेलका आधारमा सरुवा गरेको आरोप, एक वर्षको अवधि नै नपुगी सरुवा भएको भन्दै सवत्र आलोचना ।

४. सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको पत्तासाफ भएको नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दावी, संसद खुलेको दिन अविश्वासको प्रस्ताव दर्ता गरेर नयाँ सरकार बनाउने तयारी, आफू प्रधानमन्त्री नबनेर अरुलाई मौका दिने तर्क ।

५. नेकपामा हाल देखिएको विवाद निरुपण गर्दै पुनः पार्टी एकता जोगाउन नेकपाका उपाध्यक्ष बामदेव गौतम सक्रिय, बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट, एकता जोगाउन हरेक विवादलाई समाधान गर्न ओलीलाई सुझाव ।

६. नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, नर्भिक अस्पतालमा उपचार हुँदै, अवस्था चिन्ताजनक नै रहेको उपचारमा संलग्न चिकित्सिकको भनाइ, शल्यक्रिया गरियो ।

७. काठमाडौं महानगरपालिकाले कमलपोखरीको मौलिकता मासेर कंक्रिट प्रयोग गर्न लागेको भन्दै अभियान्ताद्वारा सांकेतिक रूपमा कंक्रिटको संरचना भत्काइयो, सडक विस्तारबाट पीडित उपत्यकावासी ‘हाम्रो भूमि फिर्ता गर’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरेर कलमपोखरीमा पुगेर संरचना भत्काएको प्रत्यक्षदर्शीको भनाइ, कंक्रिट प्रयोग नै नगरेको महानगरपालिकाको दावी ।

८. बजारमा १ सय १८ रूपैयाँमा पाइने शेयर लिलामीमा रू ३ सय १५ दशमलव ५० सम्ममा बिक्यो, एनसिसिबाट एनबी समूह बाहिरिँदा मालामाल, महिला लघुवित्तको आईपीओ बाँडफाँट, भाग्यमानी ३७ हजार ५ सय आवेदकलाई १० कित्ता, भन्सारको महानिर्देशकमा यमलाल भुसाल, अर्थको वित्त महाशाखा प्रमुखमा दीर्घराज मैनाली नियुक्त ।

९. शहीद स्मारक ‘बी’ डिभिजन लिगमा शुक्रबार भएको खेलमा मधयपुर युथ र सातदोबाटो विजयी, मध्यपुरद्वारा टुसाल युथ क्लव दुईका विरुद्ध शुन्यले पराजित हुँदा सातदोबाटोको खुमलटार युथ क्लबमाथि तीनका विरुद्ध दुई गोलको जीत, काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता टिमले नगद पाँच लाख रुपैयाँ पाउने, उपविजेताले ३ लाख रूपैयाँ पाउने ।

१०. र, चिनियाँ समाग्रीको आयातमा प्रतिबन्ध लगाउन अष्ट्रेलीयाली अर्बपतिको माग, अमेरिकामा न्यूनतम ज्याला प्रतिघण्टा १५ डलर पु¥याउने राष्ट्रपति जो बाइडेनको प्रस्तावमा सहमति जुटेन, सिनेटले प्रस्ताव हटाए, इरान समर्थित लडाकुको अखडामा अमेरिकाको हवाई आक्रमण,चीनबारे डब्लुएचओको निष्कर्ष अमेरिकाका लागि अमान्य ।

 

प्रतिक्रिया दिनुहोस्