Logo
Logo

सम्झनामा रविन्द्र अधिकारी


दृष्टि संवाददाता


काठमाडौं । नेकपाका नेता एवं पूर्वमन्त्री रविन्द्र अधिकारीको आज दोस्रो स्मृति दिवस । विविध कार्यक्रम गरी अधिकारीको योगदानको चर्चा गरिएको छ । विक्रम संवत् २०७५ साल फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी उनको निधन भएको थियो ।

उनीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, कर्मचारी, सुरक्षाकर्मी र पाइलट पनि सवार थिए । विद्यार्थी राजनीतिदेखि संविधानसभा सदस्य, सांसद, संसदीय समितिको सभापति र मन्त्रीको जिम्मेवारीमा रहेका अधिकारीले पर्यटन क्षेत्र र हवाई उड्डयनमा उल्लेख्य काम गरेका थिए । उनकै प्रयास स्वतरुप पोखरा क्षेत्रीय विमानस्थलदेखि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्