Logo
Logo

‘नेपाल स्टार’ले दिएको उचाइ नाप्दै विष्णु


दृष्टि संवाददाता


 

काठमाडौं । भनिन्छ, ‘चिनी पनि धेरै भयो भने तितो हुन्छ’, यो भनाइ ‘रियालिटी शो’हरुका लागि चरितार्थ भएको पाइन्छ । केही वर्षयता नेपालमा ‘रियालिटी शो’को बाढी नै आएको छ । यससँगै ‘रियालिटी स्टार’हरुको चर्चा र प्रतिष्ठामा घट्दै गएको छ ।

हिजोआज नेपालमा संगीत, केमडी र नृत्यलगायतका विधामा ‘रियालिटी शो’ आयोजना हुँदै आएका छन् । तर, पुरानै ‘रियालिटी स्टार’हरुको डिमाण्ड र चर्चा छ । उदाहरण हुन् विष्णु चेम्जोङ, जो सांगीतिक रियालिटी शो ‘नेपाल स्टार’बाट उदाएकी हुन् ।

सन् २००६ मा ‘नेपाल स्टार’ बनेकी विष्णुको सांगीतिक उचाई त्यसयता सदावहार छ । जतिखेर उनी ‘नेपाल स्टार’ बनिन्, त्यो चमक–धमक ताजै छ । यो भनेको त्यो बेलाको ‘रियालिटी शो’प्रति चासो पनि हो । तर, पछिल्लो समय रियालिटी शोहरुमा चासो घट्दै गएको छ । अहिले ‘रियालिटी स्टार’ को आए ? को गए ? भन्नेमै सिमित हुन थालेका छन् ।

‘नेपाल स्टार’मा पार्टिसिपेन्ट हुनअघि विष्णु हल्का मात्र गाउँथिन् । उनले ‘गायनलाई करिअर बनाउँछु’ भन्ने सोचेकी समेत थिएन । जब उनी ‘नेपाल स्टार’ भइन्, त्यसपछि गायनलाई करिअर बनाउनुपर्ने उनीमा बाध्यता आइलाग्यो ।

प्रथम ‘नेपाल स्टार’ विष्णुले त्यो दिन सम्झँदै भनिन्, ‘नेपाल स्टारबारे मलाई थाहै थिएन । धरानमा संगीत सिक्दैगर्दा मसँगै संगीत सिक्दै गरेका एक जना दाईले ‘नेपाल स्टार’मा अडिसन देउ भनेर विराटनर लगेका थिए ।’ विष्णुले अडिसनमा गायिका सुक्मित गुरुङको गीत गाएर पास भइन् र काठमाडौं आइन् ।

जतिखेर विष्णु ‘नेपाल स्टार’ भइन्, त्यो समयमा अहिलेजस्तो प्रसस्त मिडिया थिएन । मिडियाको नाममा पत्रिका, रेडियो र टेलिभिजनमै भर पर्नुपर्ने अवस्थामा थियो । विष्णु भन्छिन्, ‘अहिलेजस्तो फेसबुक, युट्युब, अनलाइन मिडियालगायतका सामाजिक सञ्जाल भएको भए बेग्लै हुन्थ्यो ।’ यस्तो अवस्थामा पनि ‘नेपाल स्टार’को चर्चाबाट यहाँसम्म आइपुगेकी गायिका विष्णु भन्छिन्, ‘प्लेटफर्म पाएपछि अगाडि बढ्नु सजिलो भयो ।’

त्यही एक जना दाईकै कारण आज विष्णु गायनमा मात्र होइन, फिल्मी अभिनयमा पनि छाइरहेका छन् । यदि ‘नेपाल स्टार’ नभएको भए उनी अहिले कहाँ हुन्थिन् ? त्यो उनैलाई थाहा छैन । तर, जब ‘नेपाल स्टार’को ग्राण्ड फिनालेमा ‘बहारसँगै’ बोलको गीत गाएर प्रथम भइन्, तब विष्णुको सांगीतिक करिअरमा बहार आयो । त्यही बहारमा उनी अझै फूलिरहेका छन् । उनले भनिन्, ‘अहिले जहाँ छु, नेपाल स्टारकै कारणले हो ।’

जतिखेर विष्णु ‘नेपाल स्टार’ भइन्, त्यो समयमा अहिलेजस्तो प्रसस्त मिडिया थिएन । मिडियाको नाममा पत्रिका, रेडियो र टेलिभिजनमै भर पर्नुपर्ने अवस्थामा थियो । विष्णु भन्छिन्, ‘अहिलेजस्तो फेसबुक, युट्युब, अनलाइन मिडियालगायतका सामाजिक सञ्जाल भएको भए बेग्लै हुन्थ्यो ।’ यस्तो अवस्थामा पनि ‘नेपाल स्टार’को चर्चाबाट यहाँसम्म आइपुगेकी गायिका विष्णु भन्छिन्, ‘प्लेटफर्म पाएपछि अगाडि बढ्नु सजिलो भयो ।’
गायनमा आएरै फिल्ममा अवसर पाएको उनको भनाइ छ । विष्णु ‘रियालिटी शो’ हुनुलाई सकरात्मक लिन्छिन् । भन्छिन्, ‘रियालिटी शो प्रतिभा हुनेहरुका लागि प्लेटफर्म हो, जो देशका कुना–कुनाबाट प्रतिभाहरु एक्पोजर भइरहेका छन् । त्यसैले यस्ता कार्यक्रमहरु हुनुपर्छजस्तो लाग्छ ।’ तर, रियालिटी शोलाई व्यापार र कमाइखाने भाँडो बनाउन नहुने उनको धारणा छ ।

‘अहिले विभिन्न नाममा रियालिटी शोहरु हुन थालेका छन्’ विष्णुले भनिन्, ‘तर, कतैकतै सुनिन्छ, धाँधली पनि हुन्छ रे ।’ गायिका विष्णुले हालसम्म एक सयभन्दा बढी गीतमा स्वर दिइसकेका छन् । उनको उपस्थिति ‘प्लेब्याक सिंगर’मा पनि छ । ‘नेपाल स्टार’ बनेपछि विष्णुले नेपाली फिल्म ‘मृत्युन्जय’का लागि गीत गाउने अवसर पाइन् ।

‘प्लेब्याक सिंगर’मा डेब्यू गरेसँगै विष्णुले हालसम्म पाँच वटा फिल्ममा गाइसकेका छन् भने उति नै संख्यामा अभिनय पनि गरेकी छन् ।
गायनमा उचाइ लिँदै गर्दा लिम्बू कल्चरल फिल्म ‘चेसुङ’मार्फत अभिनयमा डेब्यू गरेकी विष्णुले त्यसयता ‘निशानी’, ‘तारेभीर’, ‘एउटा यस्तो प्रेमकथा’जस्ता नेपाली फिल्ममा अभिनय गरिसकेकी छन् ।

यस्तै, लिम्बू भाषाको फिल्म ‘लाजेरेन थोक्ला’मा पनि उनले अभिनय गरेका छन् । अभिनेत्री तथा गायिकाका रुपमा परिचित विष्णु भन्छिन्, ‘मेरो प्राथमिकता गायनमा भएपनि लगाव दुईटै विधामा छ । यो एक–अर्कामा परिपूरक छ ।’

कलेक्शन एल्बम, पाश्र्वगायनमा व्यस्त विष्णुको एकमात्र सोलो एल्बम छ । त्यो पनि उनले खाशै प्रवद्र्धन गरिनन् । उनी कारण भन्छिन्, ‘मैले साथ भन्ने एल्बम गरेँ । तर, प्रमोशन गरिनँ । विदेश कार्यक्रममा जाँदा उपहार दिनलाई मात्र एल्बम गरेकी हुँ ।’

यदि ‘म्युजिक डटकम’ले सम्झौता कार्यान्वयन गरेको भए विष्णुको अर्को पनि सोलो एल्बम हुनेथियो । तर, म्युजिक डटकमले ‘नेपाल स्टार’का लागि सोलो एल्बम निकालिदिने सम्झौता गरेर पनि पूरा गरेन । विष्णुका ‘माया लाग्दैन’, ‘शुभकाना’, ‘तारेभीर’, ‘किन तिमीले’जस्ता गीतहरु चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस्