Logo
Logo

जो एसपी कतै टिक्दैनन्


दृष्टि संवाददाता


काठमाडौं, १५ फागुन
दुई वर्षअघि एसपी लोकेन्द्र श्रेष्ठ ठूलो पावर लगाएर मकवानपुरको जिल्ला इन्चार्ज भए । अन्य प्रतिस्पर्धीलाई पछि पारेर उनको मकवानपुर सरुवा भएको थियो । तर, उनी दुई महिना पनि टिक्न सकेनन् । कार्यशैलीको विषयमा धेरैले असन्तुष्टि जनाएपछि उनलाई हटाउन गृह मन्त्रालय बाध्य भयो ।


यसपटक पनि त्यस्तै भएको छ । गत भदौ अन्तिममा बाग्लुङको प्रहरी प्रमुख भएका श्रेष्ठलाई पाँच महिनामै प्रहरी प्रधान कार्यालयले त्यहाँबाट सरुवा गरेको छ । श्रेष्ठलाई हटाएर कृष्ण पल्लीमगरलाई बाग्लुङ पठाइएको छ ।

एसपी श्रेष्ठ विगतदेखि कै रेडर्क यस्तै छ । उनी कुनै पनि इन्चार्जमा पुरा अवधि काम गर्न पाएका छैनन् । डिएसपी हुँदा उनी कमलपोखरी वृत्तमा थिए । एक रेस्टुरेन्ट सञ्चालकलाई दुःख दिएको आरोपमा उनलाई त्यहाँबाट हटाइएको थियो । अहिले पनि पाँच महिनामै उनलाई हटाइएको छ ।

समन्वय क्षमताको अभाव र सेटिङतर्फ धेरै ध्यान हुने भएकाले यसरी उनी पटक पटक कारबाहीस्वरुप सरुवा हुँदै आएको स्रोत बताउँछ ।

त्यस्तै गोरखाका एसपी सुरेन्द्र गुरुङलाई पनि कारबाही स्वरुप अवधि नपुगी हटाइएको छ । तिहारको समयमा जुवाडे पक्राउ गरी उनीहरुको पैसा लुकाएकोमा छानबिन हुँदा उनको गल्ती देखिएपछि उनलाई हटाएर शेखर खनाललाई पठाइएको छ । सामान्यतया ठूला नेताको पावर लगाएर सरुवा हुने एसपीहरु कमाउनेमा केन्द्रीत हुने भएकाले कारबाहीमा पर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्