काठमाडौं । नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले संविधानको संरक्षणमा राष्ट्रपति चुकेको बताएका छन् ।
स्वास्थ्य मिडिया नेटवर्कले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले राष्ट्रपतिले संविधानको संरक्षण गर्नुपर्नेमा सरकारको रबर स्ट्याम्प बनेर राष्ट्रपतिले संविधानको भावनालाई अपहेलना गरेको बताए ।
नेता सिंहले प्रधानमन्त्री ओलीमा नैतिकता भए राजीनामा दिनुपर्ने धारणा राखे । आफैँले विघटन गरेको प्रतिनिधिसभामा जान प्रधानमन्त्रीलाई नैतिकताले नदिने उनको भनाइ छ ।
चारैतिर सेटिङको हल्ला चल्दाा आफूलाई न्यायलय सहि निर्णय गर्छ भन्ने लागेको भन्दै न्यायलयको फैसलले संविधान नै रक्षा गरेको पनि बताए । उनाले मुलुकको लोकतन्त्रलाई जोगाउने काम कांग्रेसले गर्ने र अन्य दलले कुरा मात्रै गर्ने टिप्पणी गरे ।
कार्यक्रम स्वास्थ्य क्षेत्रमा योगदान पुराएका चिकित्सकलाई सम्मान गरिएको थियो ।












