Logo
Logo

सर्वोच्चले देशलाई दुर्घटनामा जानबाट जोगायो : रामचन्द्र पौडेल


दृष्टि संवाददाता

630
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन गर्ने असंवैधानिक कदमलाई सर्वोच्चले बदर गरेर देशलाई दुर्घटनामा जानबाट जोगाएको बताएका छन् ।

कांग्रेस सोलुखुम्वु काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलामा उनले प्रधानमन्त्रीको कदम असंवैधानिक हो भनेर कांग्रेसले पहिले नै भनेको भन्दै असंवैधानिक कदमलाई सर्वोच्चले बदर गरेर देशलाई दुर्घटनामा जानबाट जोगाएको बताएका हुन् ।

उनले न्यायलयलाइ संविधान अनुसार नै निर्णय गर्न सुझाव दिनुलाई दवाव भन्न नमिल्ने तर्क गरे ।

त्यस्तै उनले पार्टी विधानको दायराभित्र रहेर पूर्ण अनुशासित र सक्रियतापूर्वक सङ्गठन विस्तारसँगै देश जोगाउने देखि प्राप्त उपलब्धिको रक्षा समेतको भूमिका खेल्नुपर्ने पनि बताए । पौडेलले सक्रिय सदस्यलाई मात्र पार्टी सदस्यताको नविकरण गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्