Logo
Logo

रुकुम पश्चिम पुगेर सरकारविरुद्ध खनिए डा. भट्टराई


- दृष्टि न्युज/संवाददाता


रुकुम पश्चिम, ८ फागुन । नयाँशक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकार पूर्णरुपमा असफल भएको आरोप लगाएका छन् ।
नयाँशक्ति नेपालको जनसम्बाद यात्रामा रुकुम पश्चिम पुगेका उनले वतर्मान सरकारको एक बर्षे समिक्षा असफल भएको बताएका हुन् । उनले सुशासन कायम गर्ने कुरामा सरकार चुकेको भन्दै बर्तामान सरकारको पालामा भ्रष्ट्राचार, अनियमितता बढेर गएको बताए ।
नयाँशक्ति पार्टीद्वारा सञ्चालित जनसम्वाद यात्राका सन्दर्भमा मध्यपहाडी (पुष्पलाल) लोकमार्ग यात्राका क्रममा बुधबार रुकुम पश्चिमको सदरमुकाम मुसीकोट खलंगामा पुगेका डा. भट्टराईले सरकारको कडा आलोचना गरेका हुन् ।
डा. भट्टराइेले केपी ओली नेतृत्वको वर्तमान सरकारले एनसेल प्रकरण हल गर्न नसकेको, वाइडबडी जहाज खरिद प्रकरणमार मुछिएको र बूढीगण्डकी जलविद्युत् आयोजना आफैँले बनाउने भनेर कमिसनको खेलमा भकुण्डो खेलेजस्तो आरोप लगाएका छन् ।
उनले आफु अर्थमन्त्री हुदाँको परिकल्पना गरिएको मध्यपहाडी लोकमार्ग आसपासका जनताको जनजीविका र यहाँको राजनैतिक अवस्था अवलोकन गर्न यात्रामा निस्केको बताउँदै तत्कालिन माओवादीमा रहँदा उठाएका राजनैतिक सवाल नछाडेको पनि बताए ।
उनले भने, ‘युद्ध सुरु गर्नुभन्दा पहिला पनि म यही तरिकाले घुमेको थिएँ । त्यही आधारमा हामीले ४० सूत्रीय मागसहित युद्ध सुरुवात गरेका थियौँ । अहिले हामी आर्थिकरुपमा जनजीविकासँग जोडिएका माग पुरा गर्ने चरणमा छौँ ।’ आफुहरुले युद्धताका देखे भोगेका धेरै कुरा अहिले उही अवस्थामा रहेको भन्दै उनले जनताका आधारभूत आवश्यक पनि पुरा नहुनु दुःखद भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्