‘शैलुङ्गे मेला’मा राजु लामा र एलिशा (भिडियो) « Drishti News – Nepalese News Portal
Logo

‘शैलुङ्गे मेला’मा राजु लामा र एलिशा (भिडियो)


दृष्टि संवाददाता


काठमाडौ । नेपाली गीत संगीत क्षेत्रमा तामाङ सेलोको आफ्नो छुट्टै पहिचान छ । बिशेषतः तामाङ सेलोमा पहिचान बनाएका गायक, गीतकार तथा संगीतकार अनिल लामाको ‘शैलुङ्गे मेला’ बोलको गीत सार्वजनिक भएको छ ।
चर्चित सांगीतिक ब्याण्ड मंगोलियन हर्टका गायक राजु लामाको स्वरमा तथा अनिल लामाको शब्द, संगीतमा बनेको गीतमा फणीन्द्र राईको संगीत संयोजन छ । मित्र लामाले गीतको अडियो मिक्सिङ मास्टरिङ गरेका हुन् ।
सोनाम पाख्रिनको निर्देशनमा बनेको म्युजिक भिडियोमा स्वयंम गायक राजु लामा र चर्चित मोडल एलिशा राई फिचर्ड छन् । शैलुङलगायत आसपासमा छायाँकन गरिएको म्युजिक भिडियोमा एक जोडीको बिछोड प्रेमकाहानी प्रस्तुत गरिएको छ । राजु र एलिशाको साथमा साजन मोक्तानको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्