काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संविधानको उचित कार्यान्वयन गर्नु आजको आवश्यकता रहेको बताएका छन् ।
नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इञ्जाको दास्रो स्थापना दिवसको अवसरमा गरिएको पत्रकारीता पुरस्कार वितरण कार्यक्रममा सोमबार सभामुख अग्नि सापकोटाले लोकतन्त्रको विकास गर्न नेपालको संविधानले सबै आयामलाई समेटेको बताए ।
उनले नेपालको संविधान दुनियाँकै मौलिक संविधान भएको बताउँदै संविधानको उचित कार्यान्वयन गर्नु आजको आवश्यकता रहेको बताए ।
उनल पुस ५ गते देखि नेपालको संविधानका विषयमा धनीभूत रुपमा बहस भएको बताउदै नेपालको मौलिकतालाई आत्मसात गरेको संविधानलाई संशोधन गरेर भए पनि अझै मौलिक बनाउन सकिने जिकिर गरे ।
उनले पुस ५ गते देखि नेपाली पत्रकारीता जगत ६६ दिन निरन्तर तातिएको बताउँदै संविधानका महानतम विषयवस्तुकाबारे बहस भएको बताए ।
सभामुख सापकोटाले संसदको काम जनमुखी हुनुपर्ने बताउँदै संसदले लोकतन्त्रको विकासका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने तर्क गरे । कार्यक्रममा पत्रकारहरुलाई पुरस्कार वितरण तथा सम्मान गरिएको गरिएको थियो ।












