Logo
Logo

नेपाली भूमिमा कुनै गतिविधि नगर्न परराष्ट्रमन्त्रीको छिमेकीलाई सुझाव


दृष्टि संवाददाता


काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले छिमेकी देशविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने अडानमा कटिबद्ध रहेको बताएका छन् ।

विश्व मामिला परिषदको ७३ औं सभालाई सोमबार सम्बोधन गर्दै ज्ञवालीले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जाहेर गर्दै छिमेकीबाट पनि त्यस्तै अपेक्षा गरेको बताएका हुन् ।

छिमेकी र विश्वका अन्य मुलुकसँग द्धिपक्षीय तहमा मैत्रीपूर्ण सम्बन्ध कायम गर्न नेपाली प्रतिवद्ध रहेको समेत ज्ञवालीले बताए ।

भारत र नेपालबीचको उच्च तहमा भएको भेटवार्ताले नागरिक तहमा सम्पर्क, सांस्कृतिक सम्बन्ध र आर्थिक साझेदारीको विकास भएको उनले उल्लेख गरे ।

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै ज्ञवालीले चीनसँग विगतमा भएको हिमालपार पारवहन सम्झौताले नयाँ आर्थिक सम्भावनाको खोजी गर्ने विश्वास व्यक्त गरे ।

नेपालका प्रमुख श्रम बजार मुलुकहरुसँग श्रम बजार, ब्यापार, पर्यटन, लगानी र नागरिक स्तरमा हुने संवादलाई समेटेर बृहत आर्थिक सम्झौता गर्न नेपाल तयार रहेको समेत उनले बताए ।

सार्कको वर्तमान अध्यक्षको हैसियतले नेपाल सबै सदस्य राष्ट्रसंघ नियमित सम्पर्कमा रहेको उल्लेख गर्दै ज्ञवालीले सार्कलाई यसको उद्देश्य प्राप्तीका लागि नयाँ जोशका साथ अघि बढाउनुपर्ने खाँचो औंल्याए ।

उनले सार्क मुलुकबीच विश्वास स्थापना गर्नु जरुरी रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्