Logo
Logo

चीनले नेपाललाई ८ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने


दृष्टि संवाददाता


काठमाडौं । चीनले नेपाललाई कोभिड-१९ विरुद्ध आठलाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

नेपालका लागि चिनियाँ राजदूतले सोमबार सामाजिक सञ्जालमार्फत नेपाललाई दिने खोपको मात्रा बढाएर आठ लाख पु¥याएको जानकारी दिएकाे छ । यसअघि चीनले नेपाललाई पाँच लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो ।

चिनियाँ कम्पनी सिनोफर्मले उत्पादन गरेको खोप अनुदानमा दिने भएको हो । उक्त खोपले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाइसकेको छ।

नेपालले पहिलो चरणमा भारतबाट आएको कोभिशिल्ड खोप प्रयोग गरेको थियो । भारतले नेपाललाई १० डोज खोप अनुदानमा दिएको थियो भने नेपाल सरकारले थप १० लाख डोज खोप खरिद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्