Logo
Logo

केन्द्रीय सदस्यहरुलाई निर्वाचन आयोगमा उपस्थित गराउने प्रचण्ड–माधव समूहको तयारी

भोलि केन्द्रीय कमिटी बैठक


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको भोलि बोलाइएको केन्द्रीय कमिटी बैठकले निर्वाचन आयोगलाई निर्णय छिटो गर्न झक्झकाउने भएको छ ।

भोलि बोलाइएको बैठकपछि केन्द्रीय सदस्यहरुलाई सनाखतका लागि निर्वाचन आयोग लैजाने तयारीमा यो समूह जुटेको छ । पार्टीको आधिकारिकता विवाद छिट्टै अन्त्य गरेर प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वासको प्रस्ताव प्रक्रियागतरुपमै संसदीय दलको बैठकबाटै अघि बढाउने यो समूहको तयारी छ ।

हिजोमात्र प्रधानमन्त्री ओलीले आफूलाई विधि प्रक्रियाबाट हाउँन चेतावनी नै दिएका थिए । पार्टीको आधिकारिकता विवाद नटुंगिएकाले ओलीलाई हटाउन अप्ठ्यारो भएको प्रचण्ड–माधव समूहको निष्कर्ष छ । त्यसैले निर्वाचन आयोगको ढिलासुस्तीमा शंसकित बनेको यो समूहले आफ्ना केन्द्रीय सदस्यहरुलाई नै आयोगमा उपस्थित गराउने तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्