Logo
Logo

किन रोकियो डनविरुद्ध कारबाही ?


दृष्टि संवाददाता


काठमाडौं, १८ फागुन । काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेसँगै एसएसपी अशोक सिंहले गुन्डागर्दीका नाइकेविरुद्ध कारबाही सुरु गर्ने योजना बनाएका थिए । काठमाडौं परिसरमा हाजिर भएको केही दिनमै उनले पुराना डन चक्रे मिलन भनिने मिलन गुरुङको गाडीमा खानतालासी समेत गरे । तर, उनलाई सोधपुछका लागि कार्यालय लैजान सकेनन् । दबाबको भरमा छाड्नुप¥यो । उनलाई पहिलो अप्रेसनमै धक्का लाग्यो । यो घटनाले गुण्डाहरुको संरक्षण कसले गरिरहेको छ भन्ने कुरा पनि खुल्यो । चक्रे मिलन बालुवाटार बाट सञ्चालित भएको रहस्य खुलेको छ ।

महानगरीय अपराध महाशाखामा एसएसपी चन्द्रकुबेर खापुङ आएपछि गुन्डाको एक समूह हर्षित भएको छ । दरबारमार्ग वृत्तमा हुँदादेखि नै काभ्रेली समूहसँग उनको दोस्ती थियो । सोही कारण उनलाई त्यहाँबाट हटाइएको थियो । उनी नै महाशाखा पुगेपछि विभिन्न अवैध धन्दामा सेटिङ सुरु भइसकेको छ ।

स्रोतका अनुसार एसएसपी सिंहले सक्रिय गुन्डाहरुको तीन वटा सूची नै बनाएका थिए । त्यहीअनुसार उनले पक्राउ गर्ने योजना बनाए । केहीलाई पक्राउ पनि गरे । तर, यति चर्काे दबाब आयो कि उनीहरुलाई थाम्न सकेनन् । जसकारण डनविरुद्धको उनको अप्रेसन असफल भएको छ ।

हुन त काठमाडौंमा विगतमा जस्तो गुन्डागर्दी छैन । पुराना डनहरु पनि राजनीति र व्यवसायमा लागेका छन् । हप्ता असुलीको धन्दा चल्न सकेको छैन । केही टोले गुन्डाहरु भने सक्रिय छन् । केही भने डिस्को तथा अवैध सट्टेबाजीको धन्दा चलाइरहेका छन् ।

उता महानगरीय अपराध महाशाखामा एसएसपी चन्द्रकुबेर खापुङ आएपछि गुन्डाको एक समूह हर्षित भएको छ । दरबारमार्ग वृत्तमा हुँदादेखि नै काभ्रेली समूहसँग उनको दोस्ती थियो । सोही कारण उनलाई त्यहाँबाट हटाइएको थियो । उनी नै महाशाखा पुगेपछि विभिन्न अवैध धन्दामा सेटिङ सुरु भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्