Logo
Logo

सवारी दुर्घटनामा ६ जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । भक्तपुर, ललितपुर, उदयपुर, सुर्खेत र कपिलवस्तुमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित सडकमा बा.५ख ७७७८ नम्बरको टिपरले बुधबार दिउसो बा.४०प ५४०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक कञ्चनपुर कृष्णनगर नगरपालिका–२ का अन्दाजी २० वर्षीय बिष्णुराज पन्तको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका–३ धोविघाटस्थित सडकमा बा.६५प ८०८६ नम्बरको मोटरसाइकलले हिजो बुधबार दिउसो पैदलयात्री ललितपुर धोबीघाट बस्ने सिन्धुपाल्चोक ज्यामिरे गाउँपालिका–७ घर भएका ५५ वर्षीय बलराम राउतलाई ठक्कर दिँदा गम्भीर घाइते भई उपचारको लागि मेघा अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी उदयपुर, त्रियुगा नगरपालिका–१४ स्थित सडकमा ना.५त ६७६२ नम्बरको ट्याक्टर बुधबार दिउँसो अनियन्त्रित भई पल्टिँदा चालक सोही नगरपालिका–१५ खाँबु बस्ने २७ वर्षीय दुर्गाबहादुर मगर र ट्याक्टरमा सवार रौतामाई गाउँपालिका–५ आपटार बस्ने ४३ वर्षीय दिलबहादुर राई समेत २ जनाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका अन्य ४ जनालाई उपचारको लागि जिल्ला अस्पताल गाईघाट लगिएको छ ।
यता सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ माथिल्लो धुलायबिटस्थित सडकमा भे.१त ६०१४ नम्बरको ट्याक्टर बुधबार राति अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते भएका ट्याक्टरका सहचालक लेकबेसी नगरपालिका–१० बस्ने २० वर्षीय शंकर शर्माको प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको छ ।
त्यसैगरी कपिलवस्तु नगरपालिका–५ बबनीस्थित सडकमा बा.१८ च ४९२७ नम्बरको स्कारपियो र लु.३२प १५५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार रूपन्देही सिद्धार्थनगर गाउँपालिका–२ बस्ने २० वर्षीय गंगासागर हरिजनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जना र पैदलयात्री २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्धार एवं आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्