Logo
Logo

प्रतिनिधिसभा बैठक अघि दलहरूसँग छलफल गर्ने सभामुखको तयारी


दृष्टि संवाददाता


काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक बस्नुअघि दलका नेताहरूसँग छलफल गर्ने भएका छन् ।

मंगलबार संघीय संसद भवन नयाँ वानेश्वरस्थित संसद बैठक कक्षको अवलोकनपछि सञ्चारकर्मीसँग सभामुख सापकोटाले व्यवस्थित ढंगले सञ्चालन गर्ने बारे राजनीतिक दलका नेताहरुसँग बुधबार परमार्श गरिने बताएका हुन् ।

बैठकका एजेण्डाको सम्बन्धमा सम्बद्ध सबै पक्षसँग तालिकाबद्ध रुपमा विचार, विमर्श र परामर्श गर्ने तयारी रहेको सापकोटाले जनाए ।सत्तारुढ दलभित्र देखिएको आन्तरिक किचलोका कारण बैठक सञ्चालन कुन ढंगले अघि बढ्ने हो भन्ने सर्वत्र चासो भइरहेका बेला सभामुख सापकोटाले बैठकका एजेण्डा बारे दलहरुसँग छलफल गर्ने बताए ।

‘संसद बैठकका एजेण्डाहरुको सम्बन्धमा सबै पक्षसँग, पार्टीका नेताहरुसँग, कार्यव्यवस्था परामर्श समिति पनि छ, सबैसँग विचार, विमर्श, परामर्श गर्दैछु भोलिदेखि तालिकाबद्ध रुपमा ।’, उनले भने,

प्रतिनिधिसभाको सातौं अधिवेशन फागुन २३ गते अपरान्ह चार बजेको लागि आव्हान भएको छ ।

प्रतिक्रिया दिनुहोस्