Logo
Logo

कांग्रेसले भन्यो वार्ता समिति गठन सकारात्मक (विज्ञप्तिसहित)


दृष्टि संवाददाता


काठमाडौं । प्रतिबन्धित समूह नेत्र विक्रम चन्द नेतृत्वको नेकपासँग वार्ताका लागि सरकारले समिति बनाएकाेमा कांग्रेसले खुसी व्यक्त गरेको छ ।

मंगलबार सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा बनाएको वार्ता समिति गठन गर्नुलाई कांग्रेसले सकरात्मक भएको प्रतिक्रिया दिएको हो ।

प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै सरकार र नेत्रविक्रम चन्द विप्लव समूहले वार्तामार्फत समस्या समाधान गर्नका लागि छुट्टाछुट्टै वार्ता समिति गठन गर्नुलाई नेपाली कांग्रेसले सकारात्मक भनेको छ ।

सबै समस्याको समाधान वार्ता, सम्वादबाट गर्नु पर्ने मान्यतामा कांग्रेस दृढ रहेको भन्दै दुवै पक्षलाई इमान्दारपूर्वक वार्ताबाट समाधानमा पुग्न उसले आग्रह समेत गरेको छ ।

‘सरकार र विप्लव समूहले इमान्दारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधिभित्र रही समाधान खोज्ने छन् भन्ने नेपाली कांग्रेसले विश्वास लिएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्