Logo
Logo

विप्लव समूहसँग प्रधानमन्त्री निवास वालुवाटारमै वार्ता


दृष्टि संवाददाता


काठमाडौं । प्रतिबन्ध लगाइएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सरकारी पक्षबीच वार्ता सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा वार्ता सुरु भएको हो ।

विप्लव समूहका तर्फबाट नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने ‘दीपक’ दुई सदस्यीय टोली रहेका छन् । टोलीले प्रतिबन्ध फुकुवा गर्नुपर्ने, पक्राउ परेकाको रिहाइ र आफ्ना नेता/कार्यकर्ताहरुलाई लगाइएको मुद्दा हटाउनुपर्ने शर्त राखेका छन् ।

त्यस्तै सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्रसल्लाहकार डा. राजन भट्टराई वार्ता टोलीका सदस्य छन् । वार्ता निरन्तर चलेको छ ।

सरकारले २०७५ फागुन २८ गते नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिवन्ध लगाएको थियो। प्रतिबन्धपछि २ हजारबढी नेता तथा कार्यकर्ता पक्राउ परेका छन्। अहिले पनि विप्लव समुहका १ सय २६ जना नेता पूर्पक्षको लागि कारागारमा छन्।

प्रतिक्रिया दिनुहोस्