Logo
Logo

प्रचण्ड–माधव समूहद्धारा ओली र सुवास नेम्वाङसहित ७ जनालाई कारवाही


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाउने निर्णय गरेको छ ।

पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले संसदीय दलका उपनेताबाट सुवासचन्द्र नेम्वाङलाई समेत हटाउने निर्णय गरेको छ । त्यस्तै शान्ता चौधरीलाई सचेतक हटाइएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका केन्द्रीय सदस्य सूर्य थापालाई केन्द्रीय सदस्यबाट हटाएको प्रचण्ड–माधव समूहले विशाल भट्टराई, महेश बस्ने, प्रभु साह र कर्ण थापालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ ।

पार्टीको आचरण बिपरित काम गरेको भन्दै उनीहरुलाई कारवाही गरेको हो । कारवाही गरिएकाहरुको ठाउँमा नयाँ सदस्य नियुक्त गर्ने विषयमा छलफल चलिरहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्