Logo
Logo

विप्लव र सरकारबीचको दोस्रो चरणको वार्ता सम्पन्न


दृष्टि संवाददाता


काठमाडौं । सरकारले बनाएको वार्ता टोलीले विप्लव समूहको वार्ता टोलीसँग बुधबार नै दोस्रो चरणको वार्ता गरेको छ ।

सरकारी वार्ता टोलीका सदस्य प्रधानमन्त्रीका परराष्ट्र मामला सल्लाहकार राजन भट्टराईले ट्वीटमार्फत वार्ता भएको जानकारी दिएका हुन् ।

भट्टराईका अनुसार वार्ता विषय केन्द्रित भएको छ । ‘दुवै पक्ष समान धारणानजिक पुगेको र छिट्टै निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ’, भट्टराईले लेखेका छन् ।

दुवै पक्षले वार्ताको स्थानबारे भने कुनै जानकारी दिएका छैनन् । सरकारले प्रतिबन्धित विप्लव समूहसँग वार्ता गर्नका लागि हिजो मंगलबार गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

सरकारी पक्षले वार्ता टोलीको नाम सार्वजनिक गरेलगत्तै मंगलबार भूमिगत विप्लव समूहले पनि पूर्वमन्त्री समेत रहेका सो समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा दुई सदस्यीय टोलीको नाम सार्वजनिक गरेको थियो।

प्रतिक्रिया दिनुहोस्