Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : विप्लव समूहसँग सरकारको वार्तादेखि उपनेताबाट सुवास नेम्बाङ हटाइएकोसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१.  प्रतिबन्ध लगाइएको नेत्र विक्रम चन्द ( विप्लव) नेतृत्वको नेकपा र सरकारबीच पहिलोपटक भौतिक रूपमा छलफल, एकैदिन दुईपटक बैठक, दुवै पक्ष समान धारणा नजिक पुगेको गृह मन्त्री रामबहादुर थापाको भनाइ, छिट्टै निष्कर्ष निस्किने प्रधानमन्त्रीका विदेश सल्लाहकार राजन भट्टराईद्वारा जानकारी, प्रतिनिधिसभाको बैठक अघि टुंग्याउने तयारी ।

२. नेकपाको प्रचण्ड–नेपाल समूहले सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटायो, तीन दिनभित्र उपनेताबाट राजीनामा गर्न पनि निर्देशन, नेम्वाङसँगै नेताहरु महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन ।

३. काठमाडौँ उपत्यका नछोड्न कांग्रेसद्वारा सांसदलाई निर्देशन, मन्त्रिपरिषद्को सिफारिसमा फागुन २३ गते बस्ने प्रतिनिधि सभा बैठकका लागि उपस्थित हुनै पर्ने भन्दै कांग्रेसले उपत्यका नछाड्न निर्देशन दिएको प्रमुख सचेत पुष्पा भुसालद्वारा जानकारी ।

४. पाँच भूतपूर्व प्रमुख निर्वाचन आयुक्तद्वारा दबाबमूलक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगलाई नेकपाको विवादमा यथाशीघ्र निर्णय दिन आग्र, आयोग अनिर्णयको बन्दी रहँदा त्यसले मुलुकको राजनीतिक प्रक्रिया तथा आयोगको साखमा असर गर्न सक्ने चिन्ता व्यक्त ।

५. प्रतिनिधिसभाको बैठकका लागि तयारी तीव्र, सभामुख अग्नि सापकोटाद्वारा दलहरूसँगको छलफल सुरु, कोरोना विरुद्धको खोप नलगाई बैठकमा बस्न नमिल्ने भएसँगै सांसदहरू धमाधम कोरोना विरुद्धको खोप लगाउँदै, बैठकअघि १ सय ६५ सांसद्सहित ४ सय ८२ जनाले लगाए कोरोनाविरुद्धको खोप, नेकपाका सांसद दुई समूहमा विभाजित हुँदा खोप लगाउने क्रममा एक समूहका सांसद अर्को समूहका सांसदसँग नबोलेको दृष्य सामाजिक सञ्जालमा भाइरल हुँदै ।

६. नेपाली काँंग्रेसका सभापति शेरबहादुर देउवाले दिए रौतहट पुगेर विवादास्पद अभिव्यक्ति, इट्टाभट्टामा ज्युँदै मान्छे पोल्न लगाएको आरोपमा पक्राउ परि कारागारमा रहेका निलम्बित सांसद मोहम्मद अफताब आलमलाई छुटाउने प्रयत्न गरिरहेको देउवाको भनाइ, अभिव्यक्तिलाई लिएर आलोचना हुँदै ।

७. प्रदेश १ मा सर्‍यो प्रदेशसभा बैठक, मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा चैत २ बाट छलफल, निर्णायक कांग्रेस दुई खेमामा भएपनि बैठक सारिएकोमा भने जनाए आपत्ति, प्रदेश सभाको बैठक सुरु हुने पूर्व घोषित मितिभन्दा १ दिन अगावै सभामुख भण्डारीले चैत २ गतेसम्मलाई बैठक सारिएको निर्णय आउनु दुःखद भएको भनाइ ।

८. नेपालमा शेयर बजार प्रवेश गर्नका लागि आवश्यक पर्ने डिम्याट खाता खोल्नेको संख्या ३० लाख नाघ्यो, निफ्रा र चन्द्रागिरी हिल्सको शेयर निष्कासनपछि लगानीकर्ता आकर्षित भएको अनुमान, विद्युतीय कारोबारको सीमा दोब्बरले बढ्यो, अब इन्टरनेट बैकिङबाट दैनिक २० लाखसम्म पठाउन सकिने, शेयर बजारमा ३९ अंकको गिरावट ।

९. शहीद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा खुमलटार विजयी, सविन चम्किँदा ब्वाइज युनियन तीनका विरुद्ध शून्य गोल अन्तरले पराजित, पहिलो खेलमा नयाँबस्ती र टुसाल क्लबबीचको खेल एक एक गोलको बराबरीसहित रोकियो, फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत नेपालले घरेलु मैदानमा अष्ट्रेलियाविरुद्ध खेल्ने भनिएको खेल स्थगित ।

१०.र, म्यानमारमा प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको दमनमा परी बुधबार पनि कम्तीमा ६ जनाको मृत्यु, सेनाले सत्ता कब्जा गरी नेतृ आङ सान सुकीलाई नजरबन्द गरेपछि फेब्रुअरी १ देखि म्यानमारमा प्रदर्शन जारी, हालसम्म २४ जनाको मृत्यु, रुसी विपक्षी नेता अलेक्सी नाभाल्नी विष प्रकरणमा अमेरिकाले रुसका शीर्ष अधिकारीमाथि लगायो प्रतिबन्ध ।

 

प्रतिक्रिया दिनुहोस्