Logo
Logo

रणनीति बनाउन कांग्रेसको पदाधिकारी बैठक बस्दै


दृष्टि संवाददाता


काठमाडौं । प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने निर्णय गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो २ बजे बोलाइएको बैठकमा प्रतिनिधिसभामा कुनरुपमा प्रस्तुत हुने भन्नेबारे निष्कर्ष निकालिने कांग्रेसका एक नेताले जानकारी दिए । पदाधिकारी बैठकपछि संसदीय दलको र केन्द्रीय समिति बैठक बोलाउने कांग्रेसको तयारी छ ।

संसदीय दलको बैठक शुक्रबारका लागि बोलाइएको छ भने केन्द्रीय समितिको बैठक शनिबार बस्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्