Logo
Logo

आज देशभरीका अदालत बन्द, नेकपा विवादको मुद्दाको फैसला सर्याे


दृष्टि संवाददाता


काठमाडौं, २० फागुन ।
पूर्व प्रधानन्यायधीश सुरेन्द्रबहादुर सिंहको निधनका कारण आज देशभरीका अदालत बन्द हुने भएका छन् । सर्वाेच्चको फुल बेञ्चले आज शोकबिदा दिने निर्णय गरेको हो ।


पूर्व प्रधानन्यायाधीश सिंहको १८ गते निधन भएको थियो । उनी २०५२–२०५३ मा प्रधानन्यायाधीश थिए ।
आज बिदा हुँदा धेरैको चासो रहेको एक मुद्दाको सुनुवाई पछि सरेको छ । नेपालको विवादसम्बन्धि मुद्दामा आज फैसलाको मिति तोकिएको थियो । आफ्नो पार्टीको नामसँग मिल्दो नाममा हालको सत्तारुढ दललाई दिइएको भन्दै ऋषि कट्टेलले मुद्दा हालेका थिए । जसमा आज फैसला हुन लागेको थियो ।

यदी सर्वाेच्चबाट निर्वाचन आयोगको निर्णयलाई बदर गरेमा नेकपाको विवादले नयाँ मोड लिने छ । कट्टेलकै पक्षमा फैसला अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फाइदा हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्