Logo
Logo

सरकारमा जानेबारे निर्णय गर्न कांग्रेसको बैठक बस्दै


दृष्टि संवाददाता


काठमाडौं, २० फागुन ।

सरकारमा जाने/नजाने विषयमा निर्णय गर्न आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।


कांग्रेस सभापति शेरबहादुर देउवालाई नेकपाका दुवै पक्षले प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् । तर, कांग्रेसमा सरकारमा जाने विषयमा दुई मत छ । सभापति देउवा सरकारमा जाने पक्षमा छन् । बरिष्ठ नेता रामचन्द्र पौडेल नजाने पक्षमा छन् ।
अहिले देउवा प्रधानमन्त्री बने पार्टीभित्र उनको होल्ड झन् बढ्ने चिन्ता पौडेल पक्षलाई छ । बुधबार एक कार्यक्रममा सरकारमा जाने विषयलाई लिएर देउवा र पौडेलबीच फरक फरक मत देखिएको थियो । देउवाले लोभ नगर्ने तर प्रधानमन्त्रीको प्रस्ताव आए नछाड्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्