Logo
Logo

नेकपा प्रचण्ड-माधव समूह फेरि निर्वाचन आयोग जाने


दृष्टि संवाददाता


काठमाडौं । नेकपा प्रचण्ड–माधव समूह फेरि निर्वाचन आयोग जाने भएको छ । नेकपा विवादबारे आयोगले कुनै निर्णय नगरेपछि यो समुह आयोग जाने भएको हो ।
नेकपा प्रचण्ड–माधव समूहले बुधबार आफ्ना केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गरेको थियो । हस्ताक्षर पत्र, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र संकलन गरी आयोगमा जान लागेको हो ।
पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहित राजधानीमा उपलब्ध केन्द्रीय सदस्य र सांसदहरु आयोगमा जाने तयारी गरिएको छ । यसअघि गत २० माघमा पनि वैधानिकता दाबीपत्र बुझाएको थियो । गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले असवैधानिक तवरले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा व्यवहारिक र राजनीतिकरूपमा दुई खेमामा विभाजित छ । प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने निर्णय सर्वोच्च अदालतले बदर गरेपछि प्रचण्ड–माधव समूह अहिले नयाँ सरकार गठनको रणनीतिमा जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्