Logo
Logo

मोडलिङप्रतिको इच्छा मरेको छैन : इभाना


दृष्टि संवाददाता


काठमाडौं । मोडलिङ क्षेत्रका लागि इभाना राई नयाँ नाम होइन । सन् २०१५ तिर उनी र्याम्प मोडलिङमा जमेकी थिइन् । तर, विभिन्न फेसन शोहरुमा व्यस्त भइरहेकै बेला उनी एक्कासी हराइन् । उनै इभानालाई पुनः मोडलिङ क्षेत्रमै फर्कँदैछिन् ।
इभानाले भनिन्, ‘मोडलिङलाई पुनः निरन्तरता दिने सोचमा पुगेकी छु ।’ करिब पाँच वर्ष मोडलिङबाट हराएकी इभाना हाल आफ्नो गृहनगर झापामै छिन् । ‘अहिले केही गरेकी छैन’ इभानाले भनिन्, ‘अब मोडलिङमै फर्कँने सोच बनाएकी छु ।’


उनी मोडलिङकै लागि फेरि काठमाडौं आउँदैछिन् । पाँच वर्षको ग्यापपछि मोडलिङमा देखिन लागेकी इभानाले मोडलिङमा आउनु आफ्नो ‘कम्ब्याक’ नभएर निरन्तरता भनेकी छन् । ‘यो मेरो निरन्तरता हो’ उनले भनिन्, ‘रहर र इच्छा भएर पनि मोडलिङलाई निरन्तरता दिन सकेकी थिइनँ । अब निरन्तरता दिन्छु ।’
ब्युटिसियनको अनुभवसमेत संगालेकी इभाना अब म्युजिक भिडियो र र्याम्प शोमार्फत मोडलिङमा फर्कन लागेकी हुन् । यदि आफूले सोचजस्तो फिल्ममा अफर आयो भने अभिनय गर्न समेत उनी तयार छिन् ।


संक्षिप्त कुराकानीमा उनले भनिन्, ‘राम्रो ब्यानरको फिल्ममा अफर आयो भने काम गर्छु । तर, मेरो प्राथमिकताचाहिँ मोडलिङ नै हो । मोडलिङप्रति मेरो इच्छा मरेको छैन ।’
इभाना मोडलिङबाहेक गीत पनि गाउन रुचाउँछिन् । उनी बेला बेला गुनगुनाउँछिन् पनि । तर, आफ्नै स्वरमा भने हालसम्म गीत रेकर्ड गरेकी छैनन् । इभाना भन्छिन्, ‘मलाई संगीत एकदमै मनपर्छ । त्यसैले बेला बेला गाउने गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्