Logo
Logo

‘मन्त्रीले घुस दिन खोज्नेको नाम लुकाउँदा आशंका’


दृष्टि संवाददाता


काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन देखाएको भनी दिएको अभिव्यक्तिप्रति नेपाल वन प्राविधिक संघले विरोध जनाएको छ ।

संघका अध्यक्ष कुमुद श्रेष्ठ र महासचिव बसन्तबाबु श्रेष्ठले बिहीबार विज्ञप्ति निकालेर मन्त्रीजस्तो गरिमामय पदमा बसेको व्यक्तिले भ्रष्टाचारजन्य कुरा हुँदा उजुरी गर्नुपर्नेमा प्रचारवाजी गरेको भन्दै विरोध जनाएको हो ।

‘माननीय मन्त्रीज्यूले सञ्चार माध्यममा बोल्नुअगाडि घुस खुवाउन आउने व्यक्तिहरुलाई कारवाही गर्न सम्बन्धित सरकारी निकायमा सूचना दिनु अति आवश्यक थियो’ विज्ञप्तिमा भनिएको छ ।

मन्त्री आलेले नाम गोप्य राख्नुले आशंका बढेको संघले जनाएकाे छ । ‘यस्ता जघन्य अपराधमा संलग्न व्यक्तिहरूकाे नाम सार्वजनिक गरी कारबाही गर्नुपर्नेमा मन्त्रीले नाम गोप्य राख्नुले आशंका बढेको छ’,  विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संघले वन क्षेत्रको बदनाम गर्न खोज्ने आपराधिक मनोवृत्तिका व्यक्तिउपर सत्य तथ्य छानबिन गरी दोषीउपर कारबाही गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्