Logo
Logo

ताहाचलको होटलमा भूमिगत क्यासिनो, २२ लाखसहित १० जना पक्राउ


दृष्टि संवाददाता


काठमाडौं, २० फागुन ।
ताहाचलस्थित होटल प्लाटिनममा अवैध रुपमा क्यासिनो सञ्चालन हुने गरेको खुलेको छ । प्रहरीले छापा हानी त्यहाँबाट २२ लाखसहित १० जनालाई पक्राउ गरेको छ ।

होटलको अन्डरग्राउन्डमा रहेको क्लब सिएमजीमा महानगरीय प्रहरी वृत्त कालिमाटीले बिहीबार छापा हानेको हो । जुवा खेलाउने चार जना र खेल्ने ६ जना २२ लाख भन्दा धेरै रकमसहित पक्राउ परेको एसपी रमेश बस्नेतले बताए ।

लकडाउनयता उपत्यकाका पाँचतारे होटलका क्यासिनो खुलेका छैनन् । जसकारण होटल तथा अपार्टमेन्टमा क्यासिनोकै शैलीमा यसरी जुवा खेलाउने गरिएको छ ।

 

(क) खेल्नेहरु:-

१.  रंजित कुमार जैसवाल वर्ष ३८ भारत विहार मोतिहारी घर हुने

२. सोहन प्रसाद वर्ष ३५ भारत विहार मोतिहारी घर हुने

३. मुमताज मिँया वर्ष ४२ भारत विहार बेतिया घर हुने

४. शेख मुर्तुजा अलि वर्ष ५० भारत कलकत्ता मेडनापुर घर हुने

५. राज कुमार सिंह वर्ष ३२ जिल्ला धनुषा जनकपुर उ.म.न.पा. १३ घर हुने

६. टिन्कु प्रसाद वर्ष ३७ जिल्ला बारा बारागढी न.पा. वडा नं. ६ घर हुने

(ख) खेलाउनेहरु:-

१. महेश मल्ल वर्ष ६२ का.जि. का.म.न.पा. वडा नं. २२ (मेनेजर)

२. कमल देव चौधरी वर्ष ५२ जिल्ला सर्लाही इश्वरपुर न.पा. वडा नं. ०९ घर हुने (सहायक मेनेजर)

३. अजय यादव वर्ष २३ जिल्ला सर्लाही बरथहवा ४ घर हुने (एडिमिन स्टाफ)

४. सचिन वाग्ले वर्ष ४१ जिल्ला सर्लाही वरथहवा ११ घर हुने (क्यासियर)

 

(ग) बरामद दशीका सामानहरु :-

१. नगद रु ८२६,९८० ।-(आठ लाख छब्बीस हजार नौ सय असी)

२. क्यासिनो क्याईन  ३९० वटाको रु ५,७०,०००(पाँच लाख सत्तरी हजार)

३. चेक ३ थान ९,००,०००।–(नौ लाख)

४. खुल्ला तास १५ बुक

५. ग्रिन गोल्ड र प्लाटिनम कार्ड थान ३

६. पैसा गन्ने मेशिन थान १

७. Slot Meter Reading बुक थान १

प्रतिक्रिया दिनुहोस्