Logo
Logo

ओली पक्षले पनि बोलायो संसदीय दलको बैठक, प्रचण्ड-माधव समेतलाई निम्तो


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी शर्मा ओली पक्षले संसदीय दलको बैठक बोलाएको छ । शनिबार दिउँसो ३ बजे बोलाइएको बैठकमा अर्को प्रचण्ड–माधव समूहलाई समेत बोलाइएको छ ।

प्रधानमन्त्री एवम् दलका नेता ओलीको निर्देशनमा १ सय ७३ जना संसादलाई अनिर्वाय उपस्थितका लागि निर्देशन दिएको छ । प्रचण्ड–माधव समूहका सबै सांसदलाई समेत बैठकमा अनिर्वाय रुपमा उपस्थित हुन सूचना पठाएइको छ ।

‘माननीय सांसदहरु, २२ गते ३ बजे ल्होत्से हलमा दलका नेता सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा बैठक बस्ने हुँदा उपस्थितिका लागि अनुरोध छ’ प्रमुख सचेतक भट्टराईले पठाएको एसएसएसमा भनिएको छ ।

बुधबार बसेको नेकपाको पुष्पपकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले पनि यथाशीघ्र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्