Logo
Logo
४८ औं सुखानी स्मृति दिवस

४८ औं सुखानी स्मृति दिवस मनाइँदै


दृष्टि संवाददाता


काठमाडौं । आज फागुन २१ अर्थात् नेपाली कम्युनिस्ट आन्दोलनको अविस्मरणीय दिन । ४८ वर्षअघि आजैको दिन झापा र इलामको सीमाना सुखानीमा कम्युनिस्ट आन्दोलनमा लागेका पाँच जना योद्धाहरुले एकै साथ शहादत प्राप्त गरेका थिए ।

सोही घटनालाई स्मृतिका रूपमा हरेक वर्ष फानुन २१ मा ‘सुखानी स्मृति दिवस’ मनाइँदै आएको छ । तत्कालीन पञ्चायती राज्य सत्ताले जेल सार्ने बहानामा झापा र इलाम जिल्लाको सिमानामा पर्ने सुखानीको जंगलमा क्रुरतापूर्वक गोली हानी राजबन्दीहरूको सामूहिक हत्या गरेकाले त्यो घटना ‘सुखानी काण्ड’का नामले चिनिन्छ ।

पञ्चायती व्यवस्थाविरुद्ध हतियार उठाएर ‘वर्गशत्रु सफाय अभियान’ को थालनी गरेका क्रान्तियोद्धा नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई तत्कालीन पञ्चायती शासकले सुखानीको जंगलमा निर्ममतापूर्वक हत्या गरेकोे थियो ।

तत्कालीन कम्युनिस्ट पार्टीको ‘मेची–कोसी कोअर्डिनेसन कमिटी’ अन्र्तगत झापा जिल्ला कमिटीलले २०२८ सालमा पञ्चायती व्यवस्थाविरुद्ध विद्रोह गरेको थियो । सोही विद्रोहमा संलग्न रहेको आरोपमा पञ्चायत सरकारले पक्राउ गरेका मध्ये पाँचै जनालाई झापाको चन्द्रगढीस्थित कारागारमा कैदीबन्दी बनाएर राखिएको थियो ।

त्यसपछि चन्द्रगढी कारागारबाट इलाम कारागार सार्ने बहानामा २०२९ फागुन २१ मा सुखानीको जंगलमा लगेर उनीहरुलाई गोली प्रहार गरी सामुहिक हत्या गरिएको थियो । घिमिरे, कुइँकेल र श्रेष्ठ झापाको साविक गरामनी गाविस तथा दाहाल साविक चारपाने गाविस र राजवंशी साविक ज्यामिरगढी गाविसका बासिन्दा थिए ।

प्रतिक्रिया दिनुहोस्