विप्लवले भेटे आफ्ना वार्ता टोली « Drishti News – Nepalese News Portal
Logo

विप्लवले भेटे आफ्ना वार्ता टोली


दृष्टि संवाददाता


काठमाडौं । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्ना वार्ता टोलीका सदस्यसँग भेटेका छन् । शुक्रबारमात्रै उनी काठमाडौंमा सार्वजनिक भएका हुन् ।
सरकार र विप्लव समूहको वार्ता टोलीबीच बिहीबार भएको ३ बुँदे सहमतिमा शुक्रबार हस्ताक्षर हुँदैछ । हस्ताक्षर समारोह सुरु हुनुअघि विप्लवले आफ्नो वार्ता टोलीमा रहेका खड्गबहादुर विश्वकर्मा र उदय चलाउनेसँग भेट गरेका छन् । शुक्रबार नै हिरासतबाट रिहा भएका नेता धर्मेन्द्र वास्तोला पनि भेटमा सहभागी थिए ।
विप्लव हस्ताक्षर कार्यक्रममा सहभागी हुन शुक्रबार नै नवलपरासीबाट गाडी चढेर काठमाडौं आएका हुन् । आजै राष्ट्रियसभागृहमा हुने हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्