Logo
Logo

सरकारलाई वादी महिलाको प्रश्न ‘माग पूरा गराउन के निर्वस्त्र आन्दोलन गर्नुपर्ने हो ?’


दृष्टि संवाददाता


सुर्खेत । कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि धर्नामा बसेका वादी समुदायका महिलाले ‘निर्वस्त्र’ आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरुले आफ्ना मागप्रति सरकार गम्भीर नभएको भन्दै ‘निर्वस्त्र’ आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
धर्नामा बसेकी कौशिला वादीले १२ दिनसम्म भोकै धर्नामा बसेको पानी माग्दासमेत सरकारले लाठीले हानेको भन्दै भनिन्, ‘शान्तिपूर्ण आन्दोलन सरकारले देख्दो रहेनछ । । हाम्रा माग पूरा गराउन के निर्वस्त्र आन्दोलन गर्नुपर्ने हो ?’
माछा मार्ने, गिट्टी बालुवा चालेर जीविकोपार्जन गर्दै आएका वादी सममुदायले आफूहरुले गर्दै आएको काम संकटमा परेपछि जीविकोपार्जनको विकल्प दिन माग गर्दै मुख्यमन्त्री कार्यालयबाहिर धर्नामा बसेका छ ।
बालबालिका, ज्येष्ठ नागरिकदेखि गर्भवती र सुत्केरी महिलासहित वादी समुदायका चार सय जनाभन्दा बढी मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा छन् । सरकारले जमिनको व्यवस्था नगरेसम्म मुख्यमन्त्री कार्यालय नछोड्ने उनीहरुको अडान छ ।

प्रतिक्रिया दिनुहोस्