काठमाडौं । सूचना सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः बहमत लिएर आउने बताएका छन् ।
शुक्रबार दोलखा म्यासमुसा खलको कार्यक्रममा बोल्दै मन्त्री गरुङले अहिलेको राजनीतिक परिस्थितिले जस्तो मोड लिए पनि प्रधानमन्त्री ओली नेतृत्वले पुन: बहुमत प्राप्त गर्ने बताएका हुन् ।
उनले सरकारले लिएको समृद्ध नेपालको लक्ष्य प्रधानमन्त्री ओली नेतृत्वको सरकार भएनि नभए नि हासिल गरिरहने बताए ।
मन्त्री गुरुङले देशमा भएको परिवर्तन शहिदहरुको बलिदानले आएको बताउदै चुनौतीको सामना गर्दै नेपालको विकासका लागि सरकार लागिपरेको बताए ।
उनले नेपाली जनतको सपनालाई साकार पार्न सधै तयार रहने बताए ।












