Logo
Logo

म प्रधानमन्त्रीको दौडधुपमा छैन : सभापति देउवा


दृष्टि संवाददाता

252
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन् । नेवि नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित ‘महाकाण्ड’ पुस्तकको लाेकार्पण गर्दै देउवाले आफू प्रधानमन्त्रीको दौडधुपमा नरहेको बताएका हुन् ।

सभापति देउवाले आफूलाई पदको लोभ तथा लालच नभएको भन्दै प्रधानमन्त्री हुने चाहना नभएको बताए । नेकपाको आफ्नै झगडा चलिरहेको भन्दै देउवाले आफू प्रधामन्त्रीको दौडमा लागेर नफस्ने बताएका हुन् ।

पुस्तक विमोचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले भने, ‘म प्रधानमन्त्रीको रेसमा छैन । विपक्षी दलको नेता प्राइममिनिस्टर इन वेटिङमा भनेको छ । तर मलाई प्रधानमन्त्री हुने चाहाना पनि छैन । सबै कुरामा नलाग्नु होला । उनीहरुको झगडामा म फस्न चाहान्न ।’

उनले कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्रीविरुद्ध दर्ता गरिने अविश्वास प्रस्तावको पक्षमा उभिने–नउभिने भन्ने विषयमा तत्काल निर्णय नगर्ने बताए।

उनले भने, ‘नेकपामा ओली र प्रचण्ड–नेपाल समूह आइतबारबाट हुने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुन्छन्, त्यहीअनुसार रणनीति तय गर्ने कांग्रेसको योजना छ । व्यावहारिक रूपमा नेकपा दुई समूहमा विभाजित भए पनि पार्टी विभाजन औपचारिक रूपमा नभएकाले कांग्रेसले ‘पर्ख र हेर’ को रणनीति अपनाएको हो।’

 

प्रतिक्रिया दिनुहोस्