Logo
Logo

ओली समूहको संसदीय दलको बैठक सकियो, ११५ सांसद उपस्थित भएको दाबी


दृष्टि संवाददाता

2.7k
Shares

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको संसदीय दलको बैठक बालुवाटारमा सम्पन्न भएको छ ।

बैठकमा सहभागी सांसदले बहुमत सांसद उपस्थित भएको दाबी गरेका छन् । बैठकमा ११५ सांसद उपस्थित भएको खिमलाल भट्टराईले दाबी गरेका हुन् । प्रतिनिधिसभा बैठक बस्नुअघि तय भएको उक्त बैठक प्रतिनिधिसभा बैठकका रणनीति तय गर्नमा केन्द्रित भएको छ ।

यसअघि नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक शुक्रबार बसेको थियो ।

प्रचण्ड–माधव समूहको बैठकमा बहुमत (१११) सांसद उपस्थित थिए । पुस ५ गते विघटन भएको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले फागुन ११ गते पुनस्र्थापना गरेको छ ।

पुनर्स्थापित प्रतिनिधिसभाको बैठक फागुन २३ गते आइतबारका लागि आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्