Logo
Logo

ओलीको कन्तविजोग हुने दिन अब धेरै टाढा छैन : माधव नेपाल


दृष्टि संवाददाता

4.3k
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिएर थोरै भए पनि नैतिकता देखाउन आग्रह गरेका छन् ।

शनिबार पार्टी कार्यालय पेरिशडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भने, ‘केपी ओलीलाई हामी अन्तिम मौका दिइरहेका छौं। राजीनामा दिनुहोस् नैतिकताको सानो अंश भएपनि देखाउनुहोस्। नभए इतिहासमा तपाई सधैंभरी कलंकित मात्रै हुनुहुनेछ ।’

नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको कन्तविजोग हुने दिन नजिकिंदै गएको पनि बताए । अबको केही दिनमा नेकपाको आधिकारिकता र चुनाव चिन्ह आफूहरुले पाउने दावी गर्दै अध्यक्ष नेपालले त्यसपछि ओलीको कन्तविजोग शुरु हुने बताए ।

‘अब केही हप्ताभित्रमैै नेकर्पा र सूर्य चुनाव चिन्ह कस्को हो भन्ने फैसला हुन्छ, ओली सडकमा पछारिने छन्, विचराको कन्तविजोग हुनेछ ।’

उनले यो पहिल्यै हुनुपर्ने भए पनि अनेक जालझेल, षड्यन्त्र, दबाब धम्की दिएर, विभिन्न निकायलाई तनावमा राखेर नेकपाको विवाद समधान हुन नदिएको आरोप बताए ।

‘संवैधानिक निकायहरुले इमान्दारीताका साथ कानुनसम्मत् ढंगले गर्ने कामहरुमा पनि अनेक ढंगबाट प्रभावित पार्ने कोशिस भए, अब ती कोशिसहरु सफल हुने दिशामा छैनन’, उनले थपे, ‘संकेत केपी ओलीको पक्षमा सकारात्मक छैन, यसको शुरुवात सर्वोच्च अदालतबाट भइसकेको छ ।’

प्रतिक्रिया दिनुहोस्