Logo
Logo

देशको समस्या हल गर्न जनमतसंग्रह गर्नुपर्छ : धर्मेन्द्र बास्तोला


दृष्टि संवाददाता


काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्व्को नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले देशको समस्या हल गर्नको लागि मुख्य–मुख्य विषयमा जनमतसंग्रह गरिनु पर्ने आफ्नो पार्टीको एजेण्डा रहेको बताएका छन् ।

राजधानिमा शनिबार आयोजित साक्षात्कारमा बोल्दै उनले पूर्ण लोकतान्त्रिक प्रक्रिया, जनवादी प्रक्रिया आवश्यक रहेकाले जनमतसंग्रह गरिनुपर्ने बताए ।

उनले आफूहरु मुलुकलाई समृद्ध बनाउने उद्देश्यमा होमिएकोले यो विषयमा आफ्नो पार्टीका धारणाहरु छिट्टै सार्वजनिक गर्ने पनि बताए ।

अहिलेको संसदीय राजनीतिक व्यवस्थाले मुलुकलाई निकास नदिने उनको भनाइ छ । उनले गरिब नेपाली जनताको अवस्था अहिलेपनि पनि पहिलेजस्तै रहेको सुनाए ।

आफूहरुले पहिले पनि यही राजनीतिक बाटोबाट गए देश अस्थिरतातर्फ नै जान्छ भनेर राजनीतिक विश्लेषण गरेको र अहिले आएर त्यो कुरा पुष्टि भएको बास्तोलाको भनाइ छ ।

उनले सरकार र आफूहरुबीच भएको तीन बुँदे सहमति पालना हुनेमा शंका नगर्न आग्रह गने ।

प्रतिक्रिया दिनुहोस्